image
image

इजरायल जानका लागि पुनः मेडिकल गर्नुपर्ने, कहाँ-कहाँ गर्ने ?

काठमाडौँ, १९, असार ।  वैदेशिक रोजगार विभागले नेपालबाट इजरायलका लागि दीर्घकालीन सहायक कामदार ९केयरगिभर०मा जान छनोट भई जान नपाएकाहरूले पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको छ । विभागले उनीहरूले यही असार २० गतेदेखि २६ गतेसम्म स्वास्थ्य परीक्षण गराइसक्नु पर्ने जनाएको छ । 

स्वास्थ्य परीक्षणका लागि पहिले नै छनोट भएका स्टार हस्पिटल सानेपा, मनमोहन मेमोरियल टिचिङ अस्पताल, नेपाल मेडिसिटी अस्पताल र ह्याम्स अस्पताल तोकिएका छन् । तोकिएका निजी स्वास्थ्य संस्थाले प्रति कामदार ८ हजार ९ सय रुपैयाँ स्वास्थ्य परीक्षण शुल्क लिने गरेका छन् । सरकारले श्रम समझदारी गरेर जीटुजीका माध्यमबाट पठाउने भए कामदार आफैंले मेडिकल शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

विभागले स्वास्थ्य परीक्षण गराई सबैले कोरोना भाइरस (कोभिड–१९) विरूद्धका पूर्ण खोप लगाई खोप कार्ड तीन प्रति, रंगीन फोटो, पासपोर्ट पहिले जसरी विभागको इजरायल शाखाको इमेलमा पठाउनुपर्ने बताएको छ । 

विभागका अनुसार इजरायल जानेहरूले कोभिडविरुद्ध बुस्टर डोज लगाएको हुनुपर्नेछ । त्यस्तै कोभिड नभएको प्रमाणित हुने रिपोर्ट पनि साथमा ल्याउनुपर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।