image
image

'चिसो मान्छे'ले दुई दिनमा कति कमायो ?

काठमाडौँ, ६, असार । शुक्रबारदेखि दीपेन्द्र के खनालको निर्देशित फिल्म 'चिसो मान्छे' प्रदर्शन भइरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो ओपनिङ गरेको छ ।

दोस्रो दिन, शनिबार फिल्मले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको छ । वितरक करण क्रेजीका अनुसार फिल्मले दुई दिनमा झन्डै एक करोड ४ लाख (एक करोड तीन लाख ७५ हजार) रूपैयाँ  कमाएको छ । 

फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथा निर्देशक खनालले नै तयार पारेका हुन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ। 

उनीहरूसँगै फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ ।

निर्देशक खनालले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।