image
निर्मला घिसिङको तामाङ गीत ‘पिंगाई माया’ सार्वजनिक

निर्मला घिसिङको तामाङ गीत ‘पिंगाई माया’ सार्वजनिक

काठमाडौँ, १३, वैशाख । चर्चित गायिका निर्मला घिसिङले नयाँ गीत ‘पिंगाई माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानलमार्फत घिसिङले नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरेकी हुन् ।

लोक मार्ग खन्ने काम गरिरहेका कुल्ली पाल्देन र गाउँकै सोझी तामाङ युवती पिंगाईको मायाबीचको प्रेम कहानीमा आधारित रहेर उनले नयाँ गीत रिलिज गरेकी हुन् । यो तामाङ भाषाको गीत हो । घिसिङले तामाङ समुदायका विभिन्न परिवेशलाई गीतमार्फत जीवन्त प्रस्तुत गर्ने कोसिस पिंगाई माया गीतमार्फत गरेको बताएकी छन् ।
‘यो गीतको भिडियोमा हरेक कोणबाट सकेसम्म तामाङ परिवेशका विविध पक्षहरूलाई प्रस्तुत गर्ने कोशिस गरेका छौँ,′ गायिका घिसिडले भनिन्, ‘पिंगाई माया’को सम्पूर्ण टिमको मेहनतका कारणले नै आज यो म्युजिक भिडियो सम्भव बनेको छ ।′

यो गतिमा गायिका निर्मला घिसिङ र अनिश योञ्जन (च्याङबा)को स्वर छ । वुद्धि तामाड र निराञ्जली लामाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । गीतको शब्द पनि गायिका घिसिङ आफैको रहेको छ । कथा राजु स्यङ्तानको रहेको यसको निर्देशन अजय स्यङ्तानले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।