image
image

जापानले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ६२ हजार बढि

काठमाडौँ, २७, फागुन ।  जापानले नेपाली कामदारको माग गरेको छ । futago cooperative society कम्पनीले ३ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

कामदारले हप्तामा ५ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा शुल्क,  हवाई टिकट, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । कामदारले मासिक तलब एक लाख ६२ हजार बढी पाउनेछ । खाने बस्नेको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले subash vijay associates प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा बैशाख ४ गते अन्तरवार्ता दिनु पर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
100%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।