image
image

काठमाडौँ उपत्यकामा थपिए यति धेरै संक्रमित

काठमाडौँ, १३, माघ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३  जना संक्रमित थपिएका छन्। काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २१ हजार ८ सय ८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ५८१६ पिसिआर परीक्षणबाट र  २२०१ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ५२९२ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।