image
image

नेपालबाट १० हजार नर्स लैजाने बेलायतको तयारी

काठमाडौँ, २, माघ । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुवै देश सहमत भएका छन् । काठमाडौँमा शुक्रबार दुवै देशका अधिकारीबीच भएको वार्तामा नेपालबाट स्वास्थ्य जनशक्ति ९नर्स० पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भएको वार्ताबाट नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार आउँदो मार्च ९फागुन–चैत०सम्ममा श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको छ । त्यसपछि नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा नर्सिङ श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पु  याउने विषयमा बैठकमा सहमति भएको उनले जानकारी दिए ।

नेपाली श्रमिक लैजाने ‘मोडालिटी’बारे भने टुङ्गो नलागेको मन्त्रालयले जनाएको छ । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेसनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।

बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेसनल हेल्थका साथै काठमाडौँमा रहेको बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो ।

बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ सङ्घका अनुसार अहिलेसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् भने नौ हजार नर्स सरकारी सेवामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।