image
image

इजरायल रोजगारी छनोट भएका एक सय २५ जना माघ ५ गते इजरायल प्रस्थान गर्ने

काठमाडौँ, २८, पुस । इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका एक सय २५ जना कामदार पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका छन् । वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो चरणमा प्रस्थान गर्ने भएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मङ्गलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ । विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुुरु भइसकेको जानकारी दिएका छन् । 

उनले इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मङ्गलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।