image
image

कुवेतमा नेपाली श्रमिकका सेवा सुविधा सुनिश्चित गर्न रोजगारदातालाई दूतावासको आग्रह


काठमाडौँ २६ पुस ।कुवेतमा रहेका नेपाली श्रमिकलाई सेवा सुविधाबाट वञ्चित नगर्न स्थानीय रोजगारदातासँग नेपाली दूतावासले आग्रह गरेको छ ।

कुवेतमा रहेको नेपाली दूतावासमा स्थानीय रोजगारदाता र दूतावासबीच गएको शनिबार भएको एक छलफल कार्यक्रममा राजदूत दुर्गाप्रसाद भण्डारीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जोखिमयुक्त कार्यक्षेत्रमा खटाउनुपूर्व सुरक्षाको उपायहरु अपनाउनुपर्ने, श्रमिकको तलबभत्ता तथा सेवा सुविधा तोकिएकै समयमा दिनुपर्ने विषयमा रोजगारदाताको ध्यानाकर्षण गराउनुभएको दूतावासले जनाएको छ । 

यस्तै उहाँले कम्पनी र श्रमिकबीच भएको करार सम्झौताअनुसारको खाना तथा आवासको व्यवस्था गर्न र कम्पनीको बारेमा म्यानपावर एजेन्सीसँग छलफल गरि स्पष्ट पारिनुपर्नेमा पनि जोड दिनुभयो । 

कार्यक्रममा सहभागीका तर्फबाट राजगारदाताहरुले नेपाली श्रमिकको प्रशंसा गर्दै उनीहरुलाई दिने सेवा सुविधा तथा सुरक्षाको प्रतिवद्धता पनि व्यक्त गरेको दूतावासले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।