image
image

कतारमा कामदारको न्यूनतम तलब वृद्धि, कति पुग्यो ?

काठमाडौँ, १५, पुस । सन् २०२२ को विश्वकप फुटबलको आयोजक कतारले श्रम कानूनमा उल्लेखनीय परिवर्तन गर्दै न्यनूतम तलव वृद्धि सहित रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारमा हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवाससहित न्यूनतम तलव १ हजार ८ सय रियाल ( करीव ५८ हजार रुपैयॉ ) हुनेछ । कतारको श्रम मन्त्रालयले आइतवार श्रम क्षेत्र सुधार सम्वन्धि कानुन लागु गर्दै भेदभावरहित न्यूनतम ज्याला तथा रोजगारदाता परिवर्तन गर्न नो अव्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने व्यवस्था गरेको हो । कानुन त्यहाँको राजपत्रमा प्रकासित भएको छ महिनापछि लागू हुनेछ ।

कतारको पछिल्लो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गर्दै ‘ऐतिहासिक परिवर्तन’ भनेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आइएलओले खासगरी रोजगारदाता परिवर्तन गर्न पाउने विषयलाई बढी सकारात्मक भनेको छ । कतारका श्रम मन्त्री युसुफ मोहम्मद अल ओथमन फक्रहुले कतार आधानिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध रहेको भन्दै यसबाट कतार भिजन २०३० को लक्ष्य हासिल भइ श्रमिक, रोजगारदाता तथा कतारले लाभ प्राप्त गर्ने बताएका छन्। श्रम कानुनको व्यापक सुधार गरिरहेको कतारले यसअगाडी नै कफाला हटाउने घोषणा गरिसकेको थियो ।

कतार सरकारको निर्णयलाई अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले पनि महत्वपूर्ण निर्णय भन्दै स्वागत गरेको छ । कतारको यो पछिल्लो निर्णय कार्यान्वयनमा आए पछि नेपाली कामदारहरुलाई समेत उल्लेख्य फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

कतार नेपाली कामदारहरुके प्रमुख गन्तब्य देशहरुमध्ये अग्र स्थानमा पर्दछ । कतारका लागि नेपाल सरकारले मासिक न्युनतम तलव ९ सय रियाल र खाना बापत ३ सय गरी १२ सय रियाल तोकेको छ । यद्यपि कतारका करिव ७५ प्रतिशत कम्पनीहरुले मालिक ७र८ सय रियासती दरले पारिश्रमिक दिने गरेको ब्यबसायीहरु बताउँछन् । अव कतार सरकारले नै न्युनतम तलब तोकेपछि कतार नेपाली कामदारको आकर्षक रोजगारीको गन्तब्य बन्ने जानकारहरु बताउँछन् । कतारमा अहिले पनि करिव चार लाख नेपाली रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।