image
image

स्याङ्जा–पाल्पा जोड्ने मोटरेबल पुल शिलान्यास 

काठमाडौँ १२ फागुन- स्याङ्जा–पाल्पा जोड्ने मोटरेबल पुल शिलान्यास भएको छ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको हिजो मंगलबार शिलान्यास गरेकी छन् । 

१५ करोड ३९ लाखमा सम्झौता भएको उक्त पुलले स्याङ्जाको कालीगण्डकी र पाल्पाको बगनासकाली गाउँपालिका दपुर्क जोड्ने छ ।विसं २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नु पर्ने समयसीमा छ । गौरी पार्वती न्यु टेक्निकल जेभी कुपन्डोलले निर्माणको जिम्मा लिएको पुल पिएस र भ्याटसहित रु १५ करोड ३९ लाख २८ हजार ६७९ र पैसा ५० मा सम्झौता भएको हो । 

त्यस्तै १.७५ मिटर दायाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाइको हुने छ । एक सय २० मिटर लम्बाइको पुल दुई स्पान रहने सडक डिभिजन कार्यालयका प्रमुख भीमार्जुन कंँडेलले जानकारी दिए । ओपन फाउण्डेशनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पाल्पाले हेर्नेछ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।