image
image

हङकङमा देखापर्यो कोरोना भाइरसको नयाँ भेरियन्ट

काठमाडौँ १० मङ्सिर।  दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट हङकङमा समेत भेटिएको छ । केही दिनअघि भल्भ भएको मास्कको कारण संक्रमण सरेको पाइएका व्यक्तिमा उक्त भेरियन्ट देखिएको हो ।


पहिलोपटक हङकङमा उक्त संक्रमण देखिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । बिहीबार हङकङको स्वास्थ्य विभागले संक्रमितको जिनोम सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

उक्त भेरियन्ट सबैभन्दा धेरै उत्परिवर्तित (म्युटेट) भएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘न्यु’ नाम दिन सक्ने अनुमान छ । अहिलेसम्म विश्वभर उक्त भेरियन्ट नौ जना मानिसमा देखिएको छ। जसमध्ये ६ जना दक्षिण अफ्रिका र तीनजना बोत्स्वानामा नागरिक छन् ।

अहिलेसम्म उक्त भेरियन्टबारे स्पष्ट जानकारी आइसकेको छैन । तर, उक्त भाइरस सबैभन्दा धेरै उत्परिवर्तित भएकाले धेरै संक्रामक पनि हुन सक्ने वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । अहिले भेटिएको नयाँ भेरियन्टमा कोरोना भाइरसमा ३२ प्रोटिन म्युटेसन देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।