आज संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ५ मङ्सिर । आज नेपालमा कोरोना भाइरसका २ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ३२ जना र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमणबाट एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल मृत्तकको संख्या ११ हजार ४ सय ९६ जना पुगेको छ । मृत्युदर १ दशमलव ४ प्रतिशत हो ।
त्यस्तै, आज एकैदिनमा ४० हजार १४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।