image
image

आज संक्रमित भन्दा दोब्बर निको भए, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ ४ मंसिर । नेपालमा थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सात हजार १३६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २४२ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार १४५ नमुनाको पीसीआर परीक्षण गर्दा २०९ र दुई हजार ९९१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो ।


पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर ४४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ९९ हजार ९८९ पुगेको छ ।


हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या सात हजार ३०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।