मेलम्ची खानेपानीको सुरुङमा पानी हालेर परिक्षण सुरु
काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी हालेर परिक्षण सुरु गरिएको छ । सोमबार साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण सुरु गरिएको हो।
खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु भएको हो।
यसअघि पनि गत वर्ष मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर पहिलो परीक्षण गरिएको थियो।