आज निको हुने भन्दा दोब्बर बढी संक्रमित, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ३० कात्तिक। आज नेपालमा कोरोना भाइरसका ३ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, मंगलबार १ सय ७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ७ सय १४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय ३९ जना र एन्टिजेन विधिबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।