image
image

पछिल्लो २४ घण्टामा ३०६ संक्रमित थपिँदा ३४८ जना कोरोनामुक्त  

काठमाडौँ, २८, कात्तिक। नेपालमा आइतबार थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ पीसीआर परीक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइसोलेसन र ९८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।