कात्तिक नाट्य महोत्सव बुधबारदेखि मञ्चन हुने
काठमाडौँ २२ कात्तिक । हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरिने ‘कात्तिक नाट्य महोत्सव’ यो वर्ष भने आउँदो बुधबारदेखि प्रदर्शन गरिने भएको छ । विसं १६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । नाच प्रदर्शनका लागि धमाधम तयारी अघि बढिरहेको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।
उनले भने, “यस वर्ष हामीले मात्रै आठ दिन यो नृत्य मञ्चन गर्र्ने भएका छाँै ।” मुलुकमा अझै कोरोना महामारी पूर्णरुपमा न्यूनीकरण भइनसकेकाले बुधबारदेखि अर्को बुधबारसम्म देखाउने योजना बनाइसकेको उनले जानकारी गराए ।
सो नृत्य प्रदर्शनका लागि मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, “यो नाच संरक्षणका लागि गत वर्ष ललितपुर महानगरपालिकाले रु एक करोड सहयोग गर्ने घोषणा गरेबमोजिम रु ५० लाख दिइसकेको र बाँकी रकम यसैवर्ष प्रदान गर्ने जनाएको छ ।”