चीनमा फेरि बढ्न थाल्यो कोरोना प्रकोप, संक्रमण बढ्नुमा मुख्य कारक डेल्टा भेरियन्ट
काठमाडौँ, ८, कात्तिक । २०२० मा चीनको उहानबाट फैलिएको कोरोना भाइरस संक्रमण महामारी पछिल्लो समयमा चीन संक्रमण मुक्त भएको थियो । पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोना भाइरस संक्रमउा पुनः फैलिएको र यसका लागि भेरिएन्ट जिम्मेवारी रहेको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।
चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । चीनका केही महामारी रोग विशेषज्ञले यो सन् २०२० मा उहानमा फैलिएको संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुनसक्ने धारणा व्यक्त गरेका छन् ।
पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक थिए । । १७ अक्टाबेरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।