आज बढ्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ, ७, कात्तिक । देशभर ४८ बालबालिकासहित ५५७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ७ हजार ६२५ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ६०६१ र एन्टीजेन्ट विधिबाट ३५ कोभिड पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८७७ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भइसकेका छन् । ३ जनाको मृत्यु र हालसम्म देशभर ११ हजार ३४८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १० हजार २०१ जना छन् ।
आईसीयूमा २७३ र भेन्टीलेटरमा ८५ उपचाररत छन् । होम आईसोलेशनमा ९ हजार ४२३, संस्थागत आईसोलेशनमा ७७८ र क्वारेन्टाइनमा २२० जना छन् ।