image
image

फेरि फर्किंदै कोरोना

काठमाडौँ, ७, कात्तिक । केही दिनयता विश्वमा कोरोना भाइरस संक्रमण महामारी पुनः बढ्दै गएको छ। बेलायतमा गत बिहीबार पछिल्लो तीन महिनायता पहिलो पटक ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। जुलाइ १७ तारिखयताको यो सबैभन्दा उच्च संक्रमण हो। 

त्यहाँ थप प्रतिबन्धको माग भइरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनतालाई पालो आउनासाथ बुस्टर डोजको खोप लगाउन आग्रह गरेका छन्। बेलायतमा बिहीबार ५२ हजार ९ जना नयाँ संक्रमित देखिएका छन्। संक्रमण भएको २८ दिनभित्र करिब १ सय १५ जनाको मृत्यु भएको छ। 

उच्च संक्रमणका बाबजुद पनि सरकारले आफ्ना योजनालाई पहिलो वर्षभन्दा प्रभावकारी रूपमा अघि बढाइरहेको दाबी गरेको छ। गत जुलाइ १७ मा ५४ हजार ६ सय ७४ संक्रमित थिए। बेलायतमा लगाइएका प्रतिबन्धमा फुकुवा गरेपछि परिवारहरू एक–आपसमा घुलमिल हुन थाले र आतिथ्य पुनः सुरु भएको धेरै सातापछि यो अवस्था आएको थियो। 

चिकित्सकहरूले त्यहाँका मन्त्रीहरूलाई ‘प्लान बी’ को अबलम्बन गर्न आग्रह गर्दैछन्। जसअन्तर्गत सरकारले अनिवार्य मास्क लगाउने र घरबाटै काम गर्ने जस्ता नियमलाई पुनः लागू गर्नुपर्नेछ। 

बेलायती प्रधानमन्त्री जोनसनले १२–१५ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो खोप लगाउन आग्रह गरेका छन्। आपूर्तिको कमी नभएको र ठूलो मात्रामा खोप उपलब्ध भएकाले पनि उनले यस्तो अपिल गरेका हुन्। खोपको दोस्रो मात्रा लगाएको कम्तीमा ६ महिनापछि आउने अनुमानित ४७ लाख बुस्टर खोप बेलायतमा आइसकेको छ। 

खोपका सम्बन्धमा सरकारका एक सल्लाहकार प्राध्यापक जेरेमी ब्राउनका अनुसार कोभिडको गम्भीर संक्रमणमा परी अस्पताल आउने, सघन उपचार कक्षमा हेरचाह गराउने र मृत्यु हुनेमा खोप नलगाएका व्यक्ति बढी छन्। जाडो मौसममा बेलायतमा कोभिडको सामना गर्ने रणनीतिअन्र्तगत हाल बेलायत सरकारको ‘प्लान ए’ संचालनमा  छ। यसमा करिब ३ करोड जनतालाई बुस्टर डोज प्रदान गर्ने, १२–१५ वर्षका स्वस्थ बालकलाई पहिलो खोप लगाउने, साथै भीडभाड हुने ठाउँहरूमा बन्द भेला नगर्ने, हात धुने र मास्क लगाउन प्रेरित गर्ने रहेका छन्।

हाल १०–१९ वर्ष उमेर समूहमा संक्रमण बढी रहेको पाइन्छ भने ८० वर्षमाथिकामा कम रहेको पाइन्छ। अन्य उमेर समूहमा पनि संक्रमण फैलन सक्ने सम्भावना छ। त्यसैले वैज्ञानिकहरूले आगामी केही साताभित्र अवस्था कस्तो हुन्छ भन्ने अनुमान लगाउन गाह्रो पर्ने बताएका छन्। त्यहाँका स्वास्थ्य सचिव साजिद जाभिदले संक्रमण चाँडै नै १ लाख पुग्न सक्ने बताएका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।