आज बढ्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।
पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन् ।यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ ।
त्यस्तै आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३३७ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।