थप पाँच सय ४५ जनामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ४ कात्तिक ।नेपालमा थप पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
६ हजार ५८६ जनाको पिसिआर परीक्षण र १९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ११ हजार ३१५ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ।७२६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.२ प्रतिशत छ।