image
image

आज घट्यो संक्रमित संख्या 

काठमाडौँ  १५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ११३ पीसीआर परीक्षणमा शुक्रबार थप ८९८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २५५ परीक्षणबाट १६८ जनामा पोजिटिभ देखिएको छ ।२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ३६८ परीक्षणमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख १५ हजार ४९५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४२ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १८ हजार ११५ छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा खोप लगाएकाको संख्या २ लाख १७ हजार ३९१ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।