image
image

थप १०७८ जनामा कोरोना पुष्टि

काठमाडौँ १४ असोज  । पछिल्लो  २४ घण्टामा देशभर १०७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । 

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ।  संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् । 


यस्तै  पछिल्लो २४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण भएको थियो । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ । 

हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।