image
image

थप एक हजार १५८ जनामा संक्रमण पुष्टि 

काठमाडौँ १२  असोज । नेपालमा थप एक हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एक हजार १५८ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १४ हजार तीन जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

नेपालमा हाल १८ हजार ४२२  जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।

एक हजार तीन सय १८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।