image
image

थप ८३४ जनामा कोरोना संक्रमण

काठमाडौँ १० असोज  ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।