image
image

आज ह्वातै घट्यो संक्रमित संख्या 

काठमाडौँ  ९ असोज  । नेपालमा आज ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार ५० जनाको पीसीआर र तीन हजार ५२९ जनाको एन्टिजेन गरी १० हजार ५७९ जनामा गरिएको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै थप ६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

यस्तै आज थप १ हजार ३७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको कुल संख्या लाख ५९ हजार ८७५ पुगेको छ। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।