image

सोनाहाफाटामा थारू सङ्ग्रहालय स्थापना गरिँदै

काठमाडौँ  ८ असोज । कैलाली जिल्लाको दक्षिणपूर्वमा रहेको भजनी नगरपालिका वडा नं ८ सोनाहाफाटामा थारू सङ्ग्रहलय स्थापना गरिने भएको छ । सोनाहाफाटा गाउँको चारैतिर पर्यटकीय गन्तव्य छन् । टीकापुर र भजनी नगरपालिकाको बीचमा पर्ने हुलाकी राजमार्गसँग जोडिएको सो क्षेत्रमा थारू जातिको पहिचानसँग जोडिएका वस्तुहरुलाई प्रदर्शन गर्ने उद्देश्यका साथ थारू सङ्ग्रहालयको स्थापना गरिन लागेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।


“एकपछि अर्को पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । यो सुखद पक्ष हो,” उनले भने, “अब यस क्षेत्रमा सरकारको लगानी हुन आवश्यक छ । सरकारले संरचनाहरुको विकासका लागि काम गर्नसके पर्यटकहरूका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्थ्यो ।”

पर्यटकहरुका लागि महत्वपूर्ण रहेको सोही क्षेत्रमा पर्ने बिपी निकुञ्ज, पदमप्रकाश्वेर महादेव मन्दिर, सत्ती कर्णाली सामुदायिक वन, डल्फिन क्षेत्र, त्रिवेणी धार्मिक क्षेत्र, तालतलैयाहरुको अवलोकनका लागि आएका पर्यटकहरुलाई थारूहरुको पहिचानलाई समेत झल्काउने गरी थारू सङ्ग्रहालयको स्थापना गरिने जनाउँदै सोनाफाटा गाउँलाई पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बनाउन थारू सांस्कृतिक सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने संग्रहालयकी अध्यक्ष कृष्णा चौधरीले बताए ।

उनका अनुसार सङ्ग्रहालयमा थारूकला संस्कृति, पोसाक, खानपिन, जीवनशैली लोप र आधुनिकतातर्फ परिवर्तन हुँदै गएकाले थारू संस्कृति जगेर्ना गर्न, ऐतिहासिक थारू रीतिरिवाज पहिचानलाई जीवन्त राख्न थारू सङ्ग्रहालयको स्थापना गरिने छ ।

“हाम्रा थुप्रै परम्परा र चालचलनहरु नयाँ पुस्ताले बिर्संदै गएको अवस्थामा त्यसलाई जगेर्ना गर्नकै लागि भए पनि थारू सङ्ग्रहालयको स्थापना गरिन लागेको हो ।”सङ्ग्रहालयका सल्लाहकार संयोजक रमैया डगौराले भने, “यसले एकातिर हाम्रो पहिचानलाई जोगाउन सकिन्छ भने अर्कोतिर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके आम्दानीको स्रोत पनि बढ्छ ।” उनले डल्फिन क्षेत्रलगायत थुप्रै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुसँग जोडिएको कारणले पनि भोलिको दिनमा थारू सङ्ग्रहालय पर्यटकहरूका लागि महत्वपूर्ण बन्ने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।