image
image

पर्यटनको विकासका लागि २ सय स्थानीय तहलाई निर्देशन 

काठमाडौं ४ फागुन । पर्यटन विकासमा स्थानीय तह केन्द्रित बहस थालिएको छ । पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ । यस्तै पूर्वाधार निर्माणको काम शुरु गर्न पर्यटन मन्त्रालयले २ सय पालिकालाई निर्देशन दिएको हो ।

पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि माघ २९ गतेको मन्त्रीस्तरको निर्णयले छनौट भएका आयोजनामा पदमार्ग, चिल्ड्रेन पार्क, संग्रालय, पिकनिक स्पट, शौचालय पार्क, मन्दिर, उद्यान, विश्राम स्थलदेखि भ्यूटपसम्मका पर्यटकीय आयोजना छनौट भइ मन्त्रालयले स्थानीय तहसँग सम्झौता गरिसकेको छ ।  

त्यस्तै कार्यक्रम कार्यान्वयन गर्दा विद्युतीय माध्यममार्फत बिडिङ गर्नुपर्ने, ठेक्का सम्झौता भएपश्चात सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्ता वापत स्थानीय तहमा पठाइने, कार्य सम्पन्न गर्नुपर्ने अनितम मिति एक वर्षे आयोजनाको हकमा २०७८ फागुन मसान्त, २ वर्षे आयोजनाको हकमा २०७९ फागुन मसान्त, ३ वर्षे आयोजनाको हकमा २०८० फागुन मसान्तसम्म हुने बताईएको छ ।    ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।