image
image

आज संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ २६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा  कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।

यही अवधिमा थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।
कोरोनाभाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ९३६ जनाले ज्यान गुमाइसकेका छन् ।


पछिल्लो २४ घण्टामा थप ६८ हजार ६३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ५१ लाख ६० हजार ५२४ जनाले खोपको दुवै मात्रा लगाएका छन् भने ५७ लाख ६९ हजार ३२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।