image
image
सञ्जय लामाको नेतृत्वमा बैरेनी अस्पतालमा सरसफाइ अभियान

सञ्जय लामाको नेतृत्वमा बैरेनी अस्पतालमा सरसफाइ अभियान

काठमाडौं ।  धादिङ, बैरेनी। केही दिनअघि आएको विनाशकारी बाढीले प्रभावित बनेको धादिङको बैरेनी अस्पतालमा नेपाली कांग्रेस नेपाल तरुण दलले उद्धार, सरसफाइ तथा मानवीय सहयोग अभियान सञ्चालन गरेको छ।

नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सञ्जय लामाको नेतृत्वमा सोनाम लामा, राज भुजेल लगायत स्वयंसेवकहरूको टोली अस्पताल पुगेर बाढीले अस्पताल परिसरमा थुपारेको माटो, ढुंगा र फोहोर हटाउने कार्यमा सक्रिय रूपमा जुटेको थियो। अभियानका क्रममा अस्पतालको वातावरण पुनः सफा बनाउँदै स्वास्थ्य सेवा सहज रूपमा सञ्चालन गर्न आवश्यक सहयोगसमेत गरिएको जनाइएको छ।


अध्यक्ष सञ्जय लामाले विपद्को समयमा राजनीति भन्दा माथि उठेर मानवताको सेवा गर्नु सबैको साझा दायित्व भएको बताउँदै प्रभावित क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। अभियानमा सहभागी सोनाम लामा र राज भुजेलले पनि पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै संकटको घडीमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए।

प्राकृतिक विपद्ले ठूलो क्षति पुर्‍याए पनि यस्ता मानवीय सेवाभाव र सामूहिक सहकार्यले प्रभावित नागरिकमा आशा र भरोसा जगाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।