image
image

नागढुंगा–सिस्नेखोला सुरुङ : निर्माण सम्पन्न गर्न ३ महिना थप

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सम्पन्न गर्न ३ महिना थपिएको छ। १३ महिनाभित्र सुरुङ निर्माण सक्ने भनिएको भएता पनि अहिले ३ महिना थप गरि १६ महिना पुर्याईएको हो ।

लामो समय मुआब्जा, विस्फोटक पदार्थ लिन स्वीकृति र साइट क्लियर नहुँदा सुरुङ खन्ने काम शिलान्यास भएको १४ महिना पछि थालिएको थियो । अहिले भने कतै काम नरोकिएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए ।

सुरुङ निर्माणको ठेक्का हाज्मा एन्डो कर्पोरेसनले लिएको छ । २ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ  । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको रहेको उनको भनाइ छ । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको रहनेछ ।

ठेक्का सम्झौतामा सुरुङ निर्माणको काम ४२ महिनाभित्र सक्नुपर्ने भनिएको छ तर १६ महिनामा सबै काम सकिए ठेक्का सम्झौताभन्दा अघि काम सकिने उनको भनाइ छ । धादिङतर्फ भने हाल विस्फोटक पदार्थ प्रयोग गरेर आपत्कालीन उद्धार सुरुङ खन्ने काम भइरहेको छ । विस्फोटक पदार्थ प्रयोग गरेर अहिलेसम्म ७० मिटर सुरुङ खनिसकिएको छ । मुख्य सुरुङ खन्ने काम भने अझै सुरु भएको छैन । 

अहिले काठमाडौंमा दुई र धादिङमा एक स्थानबाट सुरुङ खन्ने काम जारी छ । काठमाडौंतर्फ अहिलेसम्म १८ मिटर खनिएको छ। अब भने ३६ मिटर पुगेपछि विस्फोटक पदार्थ प्रयोग गर्न थालिनेछ ।काठमाडौंतर्फ भने आवाज ननिस्किने गरी गेट बन्द गरेर विस्फोटनको काम गरिनेछ । आयोजनालाई नौ सय टन विस्फोटक पदार्थ आवश्यक पर्छ । अहिलेसम्म भारतबाट तीन सय टन ल्याउन आयोजनाले स्वीकृति पाएको छ । यसमध्ये ६० टन ल्याएर विस्फोटनको काम थालिएको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।