image
image

भारतमा फेरि बढ्यो संक्रमण: ४४ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौँ, ११, भदौ । भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा फेरि ह्वात्तै वृद्धि भएको छ। दैनिक संक्रमितको संख्या २५ हजारभन्दा कम पुगिसकेको भारतमा पछिल्लो दुई दिनयता ४० हजारभन्दा बढी संक्रमित पहिचान भएका हुन्।

पछिल्लो २४ घण्टामा भारतभर ४४ हजार ६५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। पहिचान भएका संक्रमित मध्ये ३० हजार संक्रमित केरलामा भेटिएका हुन्। दोस्रो लहरको समयमा संक्रमण दर नियन्त्रण गर्न सकेको केरलामा अहिले संक्रमण दरमा ह्वात्तै वृद्धि भएको हो।

एएनआइका अनुसार ३२ हजार ९८८ जना संक्रमण मुक्त हुँदा हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ४४ हजार ८९९ पुगेको छ।

संक्रमणका कारण थप ४९६ जनाको मृत्यु भएको छ। यी मध्ये केरलामा १६२ जनाको मृत्यु भएको छ। यससँगै भारतभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ८६१ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ लाख ४८ हजार ४३९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतमा ६१ करोड २२ लाख ८ हजार ५४२ जनाले खोप लगाइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।