नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाँदै माधव नेपाल
काठमाडौँ २ भदौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नयाँ दल दर्ताका लागि आजै निर्वाचन आयोग जान लागेको छ । उनी आफूपक्षधर केन्द्रीय सदस्य र सांसदहरुसहित आयोग जान लागेका हुन् ।
नेपाल पक्षले एमाले केन्द्रीय समितिका ३० प्रतिशत जतिको हस्ताक्षर लिएर जान लागेका हुन् । उनले झण्डै ३० जना सांसद पनि साथ लिएर आयोगमा दल दर्ता गर्न लागेको हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या पुर्याएमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेलगत्तै नेकपा एमालेको माधवकुमार नेपाल पक्ष अगाडि बढेको हो ।