image
image

४० वर्षमुनिका महिला विदेश जाँदा सिफारिस चाहिने विषयमा कुनै निर्णय भएको छैन: अध्यागमन विभाग

काठमाडौँ । ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको अध्यागमन विभागले बताएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै विभागले विभिन्न सञ्चारमाध्याममा आएको समाचारहरुका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले महिलामाथि विभेदकारी कुनैपनि निर्णय नभएको र छलफलमै रहेको बिषयबारे आम जनमानसमा भ्रम नछर्न सञ्चारमाध्यामलाई आग्रह गरेको छ । खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने महिलाको लागि सिफारिस आवश्यक पर्ने सुझाव आएको उल्लेख विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

त्यस्तै, आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाको लागि परिवार र वडाको सिफारिस आवश्यक पर्न सक्ने आन्तरिक छानबिन कार्यदलले सुझाव दिएको विभागले जनाएको छ । यस विषयमा कुनै निर्णय नभएको र सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।