image
image

थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि

काठमाडौँ २७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० ९०७ र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित थपिएसँग देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।


यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । १.५ प्रतिशत मृत्यु दर रहेको नेपालमा  १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन् ।

बुधबारसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा र २८ लाख ८८ हजार ३६० जनाले पूर्ण मात्रा लगाइसकेका छन् ।  गत २४ घण्टामा १ लाख ९५ हजार २११ जनाले खोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।