image
image
बिदाको दिन सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बिदाको दिन सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । आज,भोलि र पर्सि लगातार तीन दिनको सार्वजनिक बिदाका कारण बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले मन्त्रालयले आज ओपीडी सेवा सञ्चालनको निर्णय गरेको जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने हुँदा आज शुक्रबार सेवा सञ्चालन गर्न भनिएको छ । बिदाको दिन आज ओपीडी सेवा खुला गर्न मन्त्रालयले दिएको निर्देशनमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । 

संघले विज्ञप्तिमार्फत मन्त्रालयको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । डाक्टर तथा स्वास्थ्यकर्मी पनि श्रमिक नै भएको र अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिक दिवसमा सेवा सञ्चालन गर्दा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अन्याय हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।