image
image

ह्वातै बढ्यो संक्रमित संख्या, यति धेरै भेटिए आज

काठमाडौँ २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



हाल ३६ हजार २८८ सक्रिय सङ्क्रमितमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ३८१, सघन उपचार कक्षमा ७४१ र भेन्टिलेटरमा १८६ जना रहेका छन् । त्यस्तै, क्वारेन्टिनमा ४४१ जना रहेका छन् ।


यही अवधिमा थप १७८४ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ । 


पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

पछिल्लो एक दिनमा थप १ लाख ४५ हजार ३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।