image
image

आज उपत्यकामा घट्यो संक्रमित संख्या 


काठमाडौँ २२ साउन । काठमाडौँ उपत्यकामा शुक्रबार ७०४ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उपत्यकाका तीन जिल्लामा ७०४ संक्रमित थपिएका हुन्। 

जसमध्ये काठमाडौं जिल्लामा ४७१, भक्तपुरमा ८६ र ललितपुरमा १४७ छन्। त्यस्तै उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ।काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ३९ सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार २५९ र ललितपुरमा १ हजार ७०३ गरी कुल १० हजार १ सक्रिय संक्रमित छन्। 

हालसम्म उपत्यकामा कोरोनाबाट २ हजार ९७६ जनाले ज्यान गुमाएका छन्। जसमध्ये काठमाडौं जिल्लामा १ हजार ९८०, भक्तपुरमा ३९६ र ललितपुरमा ६ सय छन्। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।