उपत्यकामा १० हजार बढी सक्रिय संक्रमित, यति धेरै भेटिए आज
काठमाडौँ २१ साउन । बिहीबार काठमाडौँ उपत्यकामा थप १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका हुन्।
हाल काठमाडौँ उपत्यकामा १० हजार ६८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७०८०, भक्तपुरमा १२९९ र ललितपुरमा १६८९ जना सक्रिय संक्रमित छन्।
हाल काठमाडौँ उपत्यकामा १० हजार ६८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७०८०, भक्तपुरमा १२९९ र ललितपुरमा १६८९ जना सक्रिय संक्रमित छन्।