image
image

दोलखामा आज थप १५ जनामा कोरोना पुष्टि, २६ संक्रमण मुक्त

काठमाडौँ, २०, साउन । दोलखामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ९ वटै स्थानीय तहमा ७८ जनाको एन्टिजिन परिक्षण गरिएकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका एक पुरुष, जिरी नगरपालिकाका ३ पुरुष, विगु गाउँपालिकाका एक पुरुष र २ महिला, तामाकोशी गाउँपालिकाका ३ पुरुष र ५ महिला रहेका छन् ।

यो संगै जिल्लामा २ सय ६ पुरुष र १ सय ६३ महिला गरि सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यस्तै आज २६ जना संक्रमित संक्रमण मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट ५ पुरुष र ७ महिला, जिरी नगरपालिकाबाट १ पुरुष र एक महिला, कालिञ्चोक गाउँपालिकाबाट ३ पुरुष र एक महिला र विगु गाउँपाकिलकाबाट ६ पुरुष र २ महिला निको भएका हुन् । यो संगै जिल्लामा हालसम्म १ हजार ३ सय २८ पुरुष र १ हजार १८ महिला गरि कुल २ हजार ३ सय ४६ जना संक्रमित निको भएका छन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ८ जना छन् भने जिरी अस्पतालमा एक जना, सिंगटी अस्पतालमा ५ जना र तामाकोशी कोभिड अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् ।

कोरोना संक्रमण देखिएका ३ सय ७० जनाहोम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।