image
image

रोजगारीका लागि भिजिट भिजामा युएई नआउन दुतावासको आग्रह

काठमाडौँ । भिजिट भिजामा रोजगारीका लागि युएई नआउन दुतावासले आग्रह गरेको छ । दुतावासले पछिल्लो समय नेपालीहरुले भिजिट भिसामा युएई आई रोजगारीको खोजी गर्ने गरेको भन्दै यस्तो आग्रह गरेको हो। 

वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ ले वैदेशिक रोजगारीमा जान चाहनेले तोकिएको सरकारी निकायवाट श्रम स्वीकृति लिएर जानुपर्ने व्यवस्था गरेको छ । श्रम स्वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यवस्था भएपनि भिजिट भिसामा आउने गरेको पाइएको दूतावासले जनाएको छ । 

भिजिट भिसामा आउनेहरू ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेको वा अन्य विभिन्न समस्यामा समेत पर्ने गरेका छन् । यसरी विदेश आएर कुनै समस्या परेमा, विरामी या मृत्यु भएमा, वा कुनै कानूनी झमेला परेको खण्डमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग नहुने भएकाले कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा आउन दूतावासले अनुरोध गरेको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।