मन्त्रीको टुङ्गो शीर्ष नेतृत्वले लगाउने
काठमाडौँ, सरकारलाई पूर्णता दिन एवं मन्त्रीहरूको नाम टुङ्गो लगाउने जिम्मा अब सत्तारूढ दलका शीर्ष नेतामा आएको छ । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बिहीबार भएका छलफलपछि यस्तो निष्कर्ष आएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरूबीच भएका औपचारिक तथा अनौपचारिक छलफलबाट मन्त्रालयको सङ्ख्या विभाजन पनि गरिएको छ ।
नेताहरूका अनुसार काँगे्रसको भागमा आठ मन्त्रालयसहित एक राज्यमन्त्री र माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा सात–सात मन्त्रालयसहित एक–एक राज्यमन्त्री भागमा परेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले दिनुभयो । यसैगरी अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित उहाँकै निवासमा भेट गरी सरकार गठनका सम्बन्धमा छलफल गर्नुभएको हो ।
भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा नजाने कुरा पुनः दोहो¥याउनु भएको जानकारी प्रचण्डको सचिवालयले दिएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई सफल बनाउन इमानदार व्यक्तिलाई सरकारमा पठाउनसमेत नेता नेपाल सुझाव दिनुभएको छ ।सत्तारूढ गठबन्धनमध्येका नेकपा (एमाले) नेपाल–खनाल समूह र संयुक्त जनमोर्चाले सरकारमा सहभागी नहुने जनाएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने निश्चित भएको छ । काँग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई पूर्णता दिन मन्त्रालयको सङ्ख्या छुट्याएको छ ।
काँग्रेसको पदाधिकारी बैठकमा मन्त्रीहरूको नाम टुङ्गो लगाउने जिम्मा प्रधानमन्त्री र वरिष्ठ नेतालाई दिएको र उहाँहरूले आवश्यक परेमा अन्य नेताहरूसँग पनि परामर्श गर्नुहुने जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।
-गोरखापत्रबाट