image
image

माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौँ १३ साउन ।  नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।


यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो ।


बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।