बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल सुरु
काठमाडौँ, ५, साउन । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता सुरु भएको छ । आजै विहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेपछि प्रचण्ड बालुवाटार पुगेका हुन् ।
नेपालनिवास कोटेश्वरमा प्रचण्डको जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि वार्ता भएको थियो ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको यो गोप्य भेटलाई विशेष अर्थमा हेरिएको छ । यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका देउवाले सरकारको विस्तारबारे पनि प्रचण्डसँग छलफल गर्दैछन् ।