स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्छ: अध्यक्ष बिजुक्छें
क्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच आज साँझ कमलविनायकस्थित बिजुक्छें निवासमा भेटवार्ता भएको छ ।
सो अवसरमा अध्यक्ष बिजुक्छेँले आफ्नो क्षेत्रको विकासका लागि प्रदेश सरकारले स्पष्ट योजनासहित अघि बढ्नुपर्ने बताए । उनले स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा नेमकिपाले निरन्तर जोड दिँदै आएको बताउँदै स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्नेमा जोड दिए ।
भेटमा मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउँदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताए ।
उनले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा प्रदेश सरकारको ध्यान नपुगेको स्वीकार गर्दै स्वास्थ्य क्षेत्रमा भक्तपुर नपालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनीहरुबीच देशको परिवर्तित राजनीतिक घटनाक्रमको विषयमा पनि छलफल भएको बताइएको छ । भेटवार्तामा वाग्मती प्रदेशमा नेमकिपाबाट निर्वाचित सदस्य सुरेन्द्रराज गोसाइँ र सृजना सैँजु तथा नेकपा एमालेका प्रदेशसभा सदस्य दीपक निरौला, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको पनि सहभागिता थियो ।