‘लोकतन्त्रको विजय भयो’
काठमाडौँ - सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् ।
\प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए। उनले भने, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गरे। त्यसैगरी एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताए।