image
image

खाँण र कार्कीलाई मन्त्री बनाउने कांग्रेसको तयारी

काठमाडौँ २९ असार । नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँण र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने तयारी गरेको छ।

स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बुढानिलकण्ठबाट शितल निवासका लागि निस्कन लागेका छन्।

देउवाले आफूसँग सपथ खान कांग्रेसबाट २ जना मन्त्री बनाउन लागेका छन्।खाँणलाई गृहमन्त्री बनाउने र कार्कीलाई कानुन मन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ।

यस्तै आज देउवाले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थ र नेता पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाउन लागेको स्रोतको दाबी छ।


नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।