image
image

के कोरोना भाइरसले साँच्चै मृगौलामा असर पुर्याउँछ ?

काठमाडौँ, १२, असार । कोरोना संक्रमण भएकाहरूमा विभिन्न समस्या देखिरहेका छन् । कोरोना संक्रमणको समस्याबाट उनीहरू पीडित हुँदा अस्पताल धाउनेको संख्या पनि उत्तिकै छ । जसमा मृगौलामा समस्या परेको भन्दै अस्पतालसम्म धाउनेहरू पनि बढ्दो क्रममा छन् । के कोरोना संक्रमणले मृगौला फेल गराउँछ त ?

कोरोनाले सिधै मृगौलामा असर पुर्‍याउँदैन । निमोनिया भयो, प्रेसर घट्यो या कमजोर भयो । त्यसको प्रत्यक्ष असर मृगौलामा पर्छ नै, त्यसले मृगौला कमजोर बनाउने गर्छ । यसले गर्दा कोरोनाका कारण मृगौला पनि प्रभावित भएको मानिन्छ । मृगौला मात्र किन शरीरका अन्य अङ्ग समेत कमजोर हुन्छन् । 

तसर्थ कोरोना भएका बिरामीमा सिधै मृगौला फेलै हुन्छ भन्ने होइन । यसले घुमाउँरो पारामा असर गर्छ । निमोनिया भएपछि मुटुलाई र मुटुको कारण प्रेसर कम हुने, प्रेसर कम भएपछि मृगौलालाई पनि असर पर्ने, कोरोनाको टक्सिनले मृगौलालाई पनि असर पारिरहेको हुन्छ ।

यसले सामान्य खालका बिरामी र गम्भीर खालका संक्रमितको पनि मृगौलामा असर देखिन सक्छ । सामान्य खालका बिरामीमा पनि अक्सिजन सेचुरेटेड घट्यो, त्यो घटेपछि प्रेसर पनि घट्छ, अक्सिजन र प्रेसर घटेको प्रभाव त ब्रेनमा, मुटुमा, फोक्सोमा र मृगौलामा परिहाल्छ । 

यो समस्या पहिलादेखि नै मृगौला पीडित हुनुहुन्छ उहाँहरू भन्दा पनि कुनै समस्या नभएका तर, कोरोना संक्रमित भएका बिरामीमा बढी गम्भीर देखिएको छ । अहिलेसम्म उपचारको गर्न आउनेहरूको अध्ययन गर्दा यस्तो समस्या देखिएको छ ।

पहिला नै मृगौला फेल भएको बिरामीमा डायलाइसिस गरेपछि त्यो मान्छे बाँच्ने, तर कोरोना लागेर कसैको मृगौला बिग्रियो भने त्यो मान्छे बाँच्ने सम्भावना अत्यन्त न्यून हुने अवस्था देखिएको छ । आज डायलासिस गर्‍यो भने भोलिपल्ट नै मृत्यु भएका घटना पनि देखिएका छन् । यस्तो किन भइरहेछन्, हामी अचम्ममा परेका छौं ।

कुनै मान्छे चार दिन अगाडि राम्रै थियो, चार दिनपछि भने उसको एउटा अंग मात्र नभएर शरीरका धेरै भागमा असर परिसकेको हुन्छ । त्यसमा मुटु, फोक्सोदेखि मृगौलासम्म प्रभावित देखिएको छ । अन्तिम अवस्थामा उसको मृगौलाले काम नगरेको देखिएको छ ।

अरू अंगले बिस्तारै काम गर्न छोड्दै गर्दा मृगौलाले पनि काम गर्न छोड्यो भने त्यो मान्छे बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ । कोरोना भाइरसले सुरुमा अरू अंगहरूलाई कमजोर पारेर मात्र मृगौलामा आक्रमण गरेको देखिन्छ ।

मृगौलामा समस्या भएको कसरी थाहा पाउने ?

धेरै जसो प्रभावित हुने भनेका अस्पतालमा बसेका, आइसियु वा भेन्टिलेटरमा गएका बिरामीहरू हुन् । घरमा बसेकाहरूमा भने समस्या छ वा छैन भन्ने कुराका जानकारी हुन सक्दैन । अस्पतालमा भएका बिरामीको त परीक्षण हुन्छ, त्यही अनुसार कुन अंगमा समस्या भयो भन्ने जानकारी हुन्छ । तर, घरमा बसेकाहरूमा भने कस्तो खालको समस्या देखियो भन्न सकिने अवस्था छैन ।

कतिपय यस्ता पनि केस देखिएका छन्, घरमा कसैलाई कोरोना संक्रमण देखिएको छ । सबैको स्याहार सुसार गर्ने एक जनामात्र हुन्छन् । घरका सबैलाई निको हुन्छ । तर, कुरुवा बसेकालाई पछि कोरोना संक्रमण हुन्छ । संक्रमण भएपछि ऊ गम्भीर हुन्छ । किनकि उसको शरीरमा भाइरस बढी भेटियो, घरमा आराम गरेर बस्न पाएनन् । त्यसैले त्यो व्यक्ति गम्भीर बिरामी परेको देखिएको छ ।

सजग रहनका लागि आफ्नो मृगौलाको अवस्था कस्तो छ रु त्यसबारे ध्यान दिनुपर्ने हुन्छ । कोरोना लागेर निको भएको व्यक्तिमा कमजोरी हुन्छ । त्यो साइकोलोजीले मात्र हो कि फिजिक्कली पनि हो, त्यो हेर्नुपर्ने हुन्छ ।

कोरोनापछि मृगौला फेल हुनेको संख्या बढ्नेछ । यसले अब मृगौलालाई गम्भीर खालको असर पार्नेछ । 

त्यसबाट जोगिन समय समयमा मृगौलाको परीक्षण गराइराख्नु नै एक मात्र विकल्प हो । मृगौला परीक्षण गरेर त्यसको अवस्थाबारे जानकारी दिन सकिने र त्यही आधारमा सजगता अपनाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।