ओमानमा आजदेखि रात्रिकालीन कर्फ्यु
काठमाडौँ ६ असार । ओमानमा आजदेखि रात्रिकालीन कर्फ्यु सुरु भएको छ । ओमान सरकारले एक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणको लागि रात्रिकालीन कर्फ्यु लगाएको बताएको छ । पछिल्लो समय ओमानमा अस्पतालका क्षमताको ९५ प्रतिशत बिरामी भरिएको छ ।
राति ८ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सार्वजनिक र व्यावसायिक क्रियाकलापमा रोक लगाउने भएको हो । त्यस्तै उक्त समयमा समयमा बाहिर हिँडडुल गर्न र सवारी साधन प्रयोग गर्न समेत रोक लगाईएको छ । यद्यपी अत्यावश्यक व्यवसाय सञ्चालनमा र होम डेलिभरी सेवा भने रोक लगाएको छैन ।